काठमाडौँ : नेकपा दाहाल – नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफ नगर्ने बताएका छन् । आफ्नो समूहले काठमाडौँमा भएको प्रतिनिधि सभा विघटनविरुद्धको सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
‘केपी ओली तपाइँले मदन भण्डारीको नाम जप्न बिर्सिसक्नु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नु भएको छ,’ उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन् चेतना भया । पशुपतिनाथले पनि भन्लान् केपी ओलीलाई धिक्कार छ । उनको पाप कसैले पनि धोई पखाल्न गर्न सक्दैन ।’
उनले नेपाली जनताको भावना ओलीले बुझ्न नसकेको पनि आरोप लगाए । ‘बलत्कारको घटना घटिरहेको छ । ओलीलाई यसले कत्तिपनि संवेदनशिलताले छुन सकेन,’ उनले भने, ‘तिमि जस्ता मान्छेलाई नेपाली आमाले जन्माइन्, जुन पार्टीले प्रधानमन्त्री बनायो त्यही पार्टी ध्वस्त बनाउँदै हुनुहुन्छ ।
सरकारी साधन खर्च गर्दा पनि सिंगै ओली समूह निराश भएको छ । त्यसैले धम्कीमा, छलफलमा हैन, आदेशमा विश्वास हुन थालेको छ । जनमतमा विश्वास हुन्थ्यो भने संसद विघटन किन हुन्थ्यो ?’





प्रतिक्रिया