देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहालले भने – पशुपतिमा बत्ती बालेर ओलीको पाप पखालिँदैन

देशान्तर

काठमाडौँ – नेकपा दाहाल-नेपाल समूहका एक जना अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली ‘ओली फाउन्डेसन’ का मात्रै अध्यक्ष रहेको टिप्पणी गरेका छन् । उनले ओली बढीमा ‘ओली गुट’ का अध्यक्ष मात्रै रहेको पनि बताएका छन् ।

संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड-माधव समूहको जनसभामा बोल्दै अध्यक्ष नेपालले निर्वाचन आयोगमा गएर बहुमत प्रमाणित गरेर देखाउन चुनौती पनि दिएका छन् । उनले ओलीले निर्वाचन आयोगमा पुगेर उनका पक्षमा निर्णय गर्न दबाब दिएको आरोप लगाएका छन् ।

नेपालले ४४१ जना केन्द्रीय सदस्यहरुमध्ये २९५ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको बताए । उनले नियमअनुसार चाँडो निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरे । नेपालले ओलीलाई ‘लोकतन्त्रका हत्यारा’ भन्दै उनी पापी भएको आरोप लगाएका छन् । उनले पशुपतिनाथले पापीलाई माया नगर्ने बताए ।

उनले भने, ‘पशुपतिमा बत्ती बालेर ओलीको पाप पखालिँदैन, ओलीलाई चेतना भया ।’ नेपालले आफूहरु जिउँदै रहेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रतिगमनका प्रतीकको संज्ञा दिए । उनले भने ‘हामी जिउँदै छौँ, संघीयता र गणतन्त्र हामीले ल्यायौँ ।’ उनले ओली गणतन्त्र र संघीयताका विरोधी भएको आरोप पनि लगाए ।