देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हृदयाघातका कारण पूर्वसांसद जोशीको निधन

देशान्तर

काठमाडौँ – पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरमा निधन भएको हो ।

घरबाट आँखाको थप उपचारका लागि नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उनलाई घरनजिकै हृदयाघात भएको कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले जानकारी दिए । उनले भने, ‘उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।’

उनको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताए । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहेको बुझिएको छ ।