देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्दोलनको आगोले ओलीको तानाशालाई समाप्त पार्छ : नेता खनाल

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले बैशाखमा चुनाव गराउने र आफूले दुई तिहाई बहुमत ल्याउने भन्दै आएकोमा व्यंग्य गर्दै उनले आगामी निर्वाचनमा ओलीको जमानत जफत हुने ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले बिहिबार काठमाडौँमा गरेको विरोधसभालाई सम्बोधन गर्दे नेता खनालले शान्तिपुर्ण आन्दोलनको आवाज नसुने आन्दोलनको आगोले ओलीको तानाशालाई समाप्त पार्ने धारणा राखेका हुन् ।

प्रतिगमन विरुद्धको आन्दोलनमा सबै वर्ग तह र नागरिक समाज पनि सहभागी भएकाले यो आन्दोलनको आवाज सुनिएन भने ठूलो आगो दन्किने चेतावनी उनको छ । अहिलेको आन्दोलन नेकपाको दुई तिहाई गुटको आन्दोलन नभएको र प्रतिक्रान्ति र तानाशाही केपी ओलीका विरुद्ध भएको भन्दै उनले आन्दोलनको बेग नरोकिने बताए । सबैलाई संयुक्त आन्दोलनमा एकजुट भएर संघर्षलाई विजयको बिन्दुमा पुर्याउन पनि उनले सबैलाई आव्हान गरे ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोग र आयुक्तहरुलाई धम्क्याउने काम गरेकाले पार्टीको आधिकारिताको निर्णय गर्न आयुक्तहरुलाई सकस परेको उनले उल्लेख गरे । उनले आधिकारिक पार्टी आफूहरु नै रहेकाले कानून, प्रक्रिया मिलाएर छिट्टै घोषणा गर्न आग्रह गरे ।