देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समावेशी पार्टी कांग्रेस मात्रै हो : सभापति देउवा

देशान्तर

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति सङ्घले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिवासी, जनजाति तथा दलितहरूलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।

उनले नेपाली कांग्रेस पार्टीले आदिवासी, जनजाति, महिला, दलितलगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकाले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताए। कांग्रेस समावेशी पार्टी भए पनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको नेता देउवाको भनाइ छ । उनले भोलि सरकार बनाउनुपर्ने अवस्थामा आदिवासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै नागरिकलाई आफ्नो पक्षमा ल्याउने गरी काम गर्न नेताहरूलाई निर्देशनसमेत दिए।