देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको कदम विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा पौडेलको जोड

देशान्तर

काठमाडौं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्को गर्दै निरङ्कुशताको बाटोमा गइरहेको बताएका छन्। फागुन ३ गते कांग्रेसले ७७ वटै जिल्लामा गर्न लागेको प्रदर्शनमा सहभागी हुनका लागि भिडियो अपिल गर्दै ओलीको कदम विरुद्धको एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

‘ओली सरकार एकपछि अर्को गर्दै निरङ्कुशताको बाटोमा जाँदैछ। मुलुकलाई निरङ्कुशताको लैजानका लागि संसद विघटन गरेको भन्ने कुरा एकपछि अर्को गर्दै पुष्टि हुँदै आइरहेको छ’ उनले भने।

देश, संविधान, लोकतन्त्र र समावेशितालाई जोगाउनका लागि एकजुट हुनुपर्ने समेत बताए। संसद् भंग गर्नु सामान्य विषय नभएको भन्दै लोकतन्त्रवादीहरू सशक्त ढंगले लाग्नुपर्ने बताए।