देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा विवाद नसल्टिएसम्म निर्वाचन हुनै सक्दैन , प्रचण्ड– नेपाल समूह

देशान्तर

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले निर्वाचन आयोगलाई नेकपाको विवाद टुंगोमा नपुर्‍याएसम्म निर्वाचन हुनै नसक्ने बताएको छ । निर्वाचन आयोगले आचारसंहिताको विषयमा छलफलका लागि बोलाएको छलफलमा प्रचण्ड–माधव पक्षले यस्तो बताएको हो।

६४ प्रतिशत मत भएको दलको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताएको बैठकमा सहभागी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए।

‘माघको १२ गतेको पत्र दिएको थियो। केन्द्रीय कमिटीको बैठक ओलीलाई हटाएका थियौँ। ४४१ संख्यालाई हामीले मान्यता दिन्छौँ। भनेपछि बहुमतको निर्णय आयोगले मान्नुपर्छ’ उनले भने, ‘उहाँहरुले पनि दाबी गरेपछि दल सम्बन्धी ऐन दफा ४३ र ४४ को अनुसार बहुमतको निर्णय हुन्छ भन्ने आधारमा हामीले आधिकारिकता पाउनुपर्छ।

उनले नेकपाको विवाद नसल्टिएसम्म कसरी निर्वाचन हुन सक्छ भनेर प्रश्न गरेको समेत बताए। सर्वोच्च अदालतले संविधान बाहिर गएर निर्णय गर्न नमिल्ने भएको संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरेको बताए। निर्वाचन आयोगले दल दर्ता र दलको विवाद समाधान गर्ने र निर्वाचन सम्पन्न भएपछि शासन सत्ता सञ्चालन गर्न प्रमाणपत्र दिने कार्य गर्नुपर्ने उनले बताए।

स्वतन्त्र संवैधानिक आयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीले दबाव दिएपछि आयोग सरकारको लाचार छाया नबनोस् भनेर सुझाव दिएको समेत बताए। ओली सरकारले निर्वाचन घोषणा गरेपछि मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरूको नियुक्ति लगायतको क्रियाकलाप गरेर आचारसंहिता भन्दा बाहिर गइरहेको बताए।

यस्तै, निर्वाचन आयोगसँग छलफल गरेपछि राप्रपाका सम्पादक समिति सदस्य सुनिलकुमार श्रेष्ठले पनि निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा चुकेको बताए।