देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्दु जलाधार क्षेत्रको जग्गा हिनामिनाबारे सभामुखको ध्यानाकर्षण

देशान्तर

काठमाडौं – सर्दु जलाधार क्षेत्रका जग्गाको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन्। तत्कालीन भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचार भ्रमपूर्ण भएको भन्दै सभामुख सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाबमोजिम भएकाले यो विषयलाई सभामुख एवं तात्कालीन मन्त्री सापकोटाले विषयवस्तु स्पष्ट पार्न भन्दै सचिवालयले केही तथ्य पेस गरेको छ । तत्कालीन भूमिसुधार तथा जलस्रोत मन्त्री सापकोटाले सुनसरीको धरानस्थित ३ सय ४८ बिघा सरकारी जग्गा (सर्दु जलाधार) व्यक्तिको नामा गराइएको भन्दै समाचार बाहिरिएपछि सभामुख सचिवालयले यसको खण्डन गरेको हो।

सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको विभिन्न सञ्चारमाध्यमले समाचार लेखेका थिए।