देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै

देशान्तर

नेपाली कांग्रेसले आज देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गरेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले आज प्रदर्शन र सभा गर्न लागेको हाे ।

कांग्रेसले यसअघि केन्द्र्रदेखि वडा तहसम्मै विरोध प्रदर्शन र सभाहरु आयोजना गरिसकेको छ ।

आजको प्रदर्शनमा पनि उत्साहजनक सहभागिता देखाउन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् ।

सभापति देउवाले हिजो विज्ञप्ति जारी गरेर आज हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

सभाको लागि कांग्रेसले शीर्ष नेताहरुलाई जिल्लामा खटाएको छ । सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुने छन् ।

यसैगरि ललितपुर लगनखेलमा हुने विरोध सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने छन् ।

गगन थापाले चितवनमा सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

संसद विघटन विरुद्ध नेकपाको दाहाल समुहले संयुक्त आन्दोलन गर्न आग्रह गरिरहँदा कांग्रेसले भने चासो देखाएको छैन ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेकपाको आधिकारिकता विवाद नटुंगिएको अवस्थामा कांग्रेसले कुनै गुट विशेषसँग सहकार्य गर्ने अवस्था नरहने देशान्तरसँगकाे कुराकानीमा बताए ।