देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्माण भएको सिंहदरबारको उद्घाटन

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण भएको सिंहदरबारको उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री ओलीले सोमवार उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमवारदेखि अब सिंहदरबारबाटै सञ्चालन हुनेछ । सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सारिएको हो ।

झण्डै ६ वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएपछि २०७२ साल वैशाख १२ गतेपछि देशको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड २०३० सालको आगलागीबाट बचेको मौलिक भाग हो । आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । यसको २०३७ सालमा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा १९६० सालमा बनाउन लगाएको ऐतिहासिक तथ्य छ ।