देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय महिला लिग : चन्द्रपुर र चौदण्डगढी भिड्दै

देशान्तर

काठमाडौं – राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे सुरु हुनेछ। खेलमा चौदण्डीगढी प्रतियोगिमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ।

त्यस्तै चन्द्रपुर आफ्नो तेस्रो जितको खोजीमा हुनेछ। चन्द्रपुरले १० खेल खेलेर २ जित निकाल्दै ६ अंक जोडेको छ। प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।