देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा : एमीकस क्युरीको बहस आजदेखि

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा जारी सुनुवाइमा आजदेखि एमिकस क्युरी बहस सुरु हुने भएको छ । सोमबार रिट निवेदकको जवाफी बहस सकिएपछि आजदेखि अदालतको सहयोगी अर्थात एमिकस क्युरीअन्तर्गत विज्ञ कानुन व्यवसायीले बहस गर्न लागेका हुन् । एमिकस क्युरी अन्तर्गत पाँच जना विज्ञ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गीता पाठक, पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्ने भएका हुन् ।

प्रतिनिधि सभा विघटनका विषयमा स्वतन्त्र रुपमा स्थापित राष्ट्रिय तथा अन्तराष्ट्रिय नजीरलाई हेरेर विज्ञ कानुन व्यवसायीले आफ्नो राय दिनेछन् । जसले न्यायाधीशसलाई फैसला गर्न सहयोग पुग्‍ने विश्वास गरिन्छ । यसअघि हिजो रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए ।

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा परेका दर्ता भएका दर्जन बढी रिटमाथि गएको माघदेखि सुनुवाइ भइरहेको छ । पक्ष र विपक्ष दुवै तर्फका बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको संवैधानिक इजलासले छिटो फैसला सुनाउने तयारी गरेको छ ।