काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका बाग्मती प्रदेश सभाका सांसदहरूले प्रदेश सभाको बैठक अविलम्ब बोलाउन माग गर्दै सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् ।
सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ अविलम्ब प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ । प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव निर्णयार्थ पेश हुन सकेको छैन ।
प्रचण्ड-नेपाल पक्षले सभामुख श्रेष्ठले मंगलबार प्रदेश सरकारका प्रतिनिधि, प्रमुख प्रतिपक्ष दलका नेता र अविश्वास प्रस्तावक पक्षको सहमतीमा बैठक कार्य सूची अनुसार नै सुचारु गर्ने प्रतिबद्धता दिएपानी त्यसबाट पछि हटेको आरोप लगाएको छ ।





प्रतिक्रिया