देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति दाहाल-नेपाल पक्षद्धारा आपत्ति

देशान्तर

काठमाडौँ – भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको विवादास्पद अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-नेपाल पक्षले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा भारतीय जनता पार्टीका अध्यक्ष एवम् भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशहरुमा पनि भाजपा पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राखेको भनि विप्वल देवले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै विरोध गरिएको छ ।

संवेदनशील विषयमा विप्लवदेवले दिएको अभिव्यक्तिले छिमेकी राष्ट्रहरुबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहले स्थिति स्पष्ट पार्ने अपेक्षा प्रचण्ड-नेपाल पक्षले गरेको छ ।