काठमाडौँ – जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध फागुन ९ गते मुलुकभर विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले विघटनविरुद्धका कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रम घोषणा गरेको हो ।
बैठकले ९ गते देशभरिका सम्पूर्ण महानगर-उपमहानगररनगर-गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसैदिन काठमाडौँको रत्न पार्कमा पार्टी निकट सबै भ्रातृ तथा जनसंगठनहरू र पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिले संयुक्त आन्दोलन गर्ने उल्लेख छ ।





प्रतिक्रिया