देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जापान र नेपालबीच उच्चस्तरको भ्रमण आदानप्रदान हुने अपेक्षा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएकाे छ। जापानी राजदुत साइगोले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका हुन्।

राजदूत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन्। भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङलगायतका विभिन्न कार्यक्रमहरु मार्फत् नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेलेकाे भूमिकाका लागि धन्यवाद व्यक्त गरे।

आगामी दिनमा यी दुई घनिष्ट मित्र देश बिच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे। त्यस्तै राजदूत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए।