देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इटालियन क्लब युभेन्टस पाेर्चुगिज क्लब पाेर्टाेसँग पराजित

देशान्तर

इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पोर्टोसँग दुई एक गोल अन्तरले पराजित भएको छ।

घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे । युभेन्ट्सका फेड्रिको चिसाले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । खेलको ४६ औं मिनेटमा मौसाले गोल गरेपछि घरेलु टिम दुई शून्य गोलले अघि रह्यो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिकोले एक गोल फर्काए पनि पोर्टो दुई एक गोलले विजयी भयो । जितसँगै पोर्टोको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

अब दोस्रो लेगमा पोर्टोलाई बराबरीले पुग्नेछ । युभेन्ट्सलाई भने दोस्रो लेगमा सानदार पुनरागमनको आवश्यकता देखिएको छ ।

युभेन्ट्सको घरेलु मैदानमा हुने दोस्रो लेग मार्च ९ मा हुनेछ ।