देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धादिङको पाल्पा भञ्‍ज्याङमा बस दुर्घटना , ८ जना घाइते

देशान्तर

काठमाडौ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ स्थित पाल्पा भञ्ज्याङमा सडकमै बस पल्टिँदा ८ जना घाइते भएका छन्।

ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौँका लागि छुटेको बा ४ ख ४१५२ नम्बरको बस बिहीबार अपरान्ह ११ बजेतिर अनियन्त्रित भई बीच सडकमा पल्टिँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा परेर घाइते हुने हरूमा ज्वालामुखी–७ की ८४ वर्षीय हरिमाया गुरुङ, ज्वालामुखी–६ का २२ वर्षीय विकास श्रेष्ठ, सोही स्थानका २२ वर्षीय रिदम नगरकोटी, ५६ वर्षीय यम श्रेष्ठ, ३७ वर्षीया लक्ष्मी गुरुङ, १५ वर्षीय अनन्य लिम्बु, नीलकण्ठ–११ की १७ वर्षीया सीमा मानन्धर र सोही स्थानकी ४३ वर्षीय सीता मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये ज्वालामुखी–६ का २२ वर्षीय रिदम नगरकोटीलाई थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूलाई भने धादिङ अस्पतालमा उपचार थालिएको छ।