काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको निर्णय पार्टीलाइ मान्ने हुने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दामा अदालतले पुनस्र्थापना वा निर्वाचन जे निर्णय गरेपनि काँग्रेसलाई मान्य भएको बताएका हुन् ।
बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संसद् विघटनका वारेमा सर्वोच्च अदालतको निर्णयनै अन्तिम भएकाले आफ्नो पार्टीलाई सर्वोच्चको निर्णय मान्य हुने बताएका हुन् । उनले संसद विघटनको विषयलाई हल गर्न पुनर्स्थापना र चुनाव मात्रै विकल्प रहेको पनि बताए ।
‘मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, बहस चलिरा’छ, अदालतले संसद पुनस्र्थापना गर भन्यो भनेपछि स्वीकार गर्छौं, चुनाब गर भन्यो भनेपनि हामलाई स्वीकार्य छ’ सभापति देउवाले भने, ‘हाम्रो चुनाव चिन्ह रुख छँदैछ, अदालतलाई यसो गर भनेर निर्देशन दिने होइन निर्णय मान्ने हो ।’ देउवाले सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने पनि बताए ।





प्रतिक्रिया