देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड-नेपाल समूहद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध गरेको छ ।

आफ्नो चौथो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड-नेपाल पक्षले आज मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय गरेको थियो ।

संसद विघटन खारेज गर लगायत महिला हिँसा, महंगीलाई जोडेर बनाइएका नाराको प्लेकार्डसहित प्रदर्शन गरिएको थियो । मानव साङलोका लागि प्रचण्ड-नेपाल पक्षका केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी भएका थिए ।

प्रचण्ड-नेपाल पक्षले शुक्रबार देशभरका सबै स्थानीय तहका वडा स्तरमा विरोध कार्यक्रम गर्दै छ ।