देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस वरिष्ठ नेता आजबाट साताव्यापी पूर्वी तराइको यात्रामा

देशान्तर


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्कनेभएका छन् । पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि आजै विहान सवा ८ वजे बुद्ध एयरको विमानबाट विराटनगर आउने कार्यक्रम तय भएको छ ।

पौडेल आज अर्थात फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए । पौडेलको आज आज सुनसरीको धरान पुग्ने छन् ।

पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोहि उपमहानगरपालिका निर्माण भएको वीपी पार्कको उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते सप्तरीको राजविराज पुग्ने छन् ।

फागुन १० गते सप्तरीका सवै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । सिरहा र सप्तरीको सवै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी छोडी कांग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सवै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा आयोजित आमसभालाई सम्बोधन गरी फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । वरिष्ठ नेता पौडेलले सोही क्षेत्रका जिल्ला दौडाहा गर्नुलाई चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ मा संसद विघटन गरेपछि पौडेल विगतको तुलनामा बढी सक्रिय भएका छन् । संसद पुनःस्थापना हुनुपर्ने पौडेलको माग छ । पौडेलकै दबाबमा नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रिएको हो ।