देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गरेको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

यस अघि राष्ट्रपति भण्डारीले आजै प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् । राष्ट्रपतिले मन्त्रिपरिषद्‌को सिफारिश अनुसार परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।