काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिष्ट पार्टी र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका छन् ।
नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यलय नुवाकोटको भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले नेपाल कम्युनिष्ट पार्टी सत्ता सञ्चालनमा असफल भएकाले नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका हुन ।
उनले भने, ‘नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको छ । र जनताले बिदा पनि गर्छन् ।’ साथै नेता सिंहले ओलीले संबिधान अनुसार होइन ,राजनैतिक निर्णय गरेको बताएकाले यसबाट ओली आफैले असंबैधानिक कदम उठाएको स्वीकार गरेको बताए छन् ।
पटक पटक मौका पाए पनि कम्युनिष्ट सफल हुन नसकेको भन्दै ईतिहासमा काँग्रेसले सधै जनताको कार्य गरेको र अझै पनि कांग्रेस जनताको सेवा गर्न सधै तयार रहेको बताएका छन् ।





प्रतिक्रिया