देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीलाई विराटनगरमा कालो झण्डा देखाइयो

देशान्तर

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा ९दाहाल–नेपाल० समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।

प्रधानमन्त्री ओलीलाई विद्यार्थी र युवाहरूले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्टमोडमा कालो झण्डा देखाएका हुन्।

कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड गरेको विद्यार्थी नेता वसिम आलमले जानकारी दिए। यस्तै ओली समूहको प्रदेश १ स्तरीय जनसभा सुरू हुँदैछ। विराटनगर–२ को प्रदर्शनी स्थलमा सहभागीहरू आउने क्रम सुरू भएको छ।

विराटनगरका विभिन्न स्थानबाट र्‍याली निकालिएको छ भने सभास्थलमा सांस्कृतिक कार्यक्रम पनि भएको नेकपा केन्द्रीय सदस्य विनोद ढकाल जानकारी दिए। जनसभालाई प्रधानमन्त्री ओली, नेताहरू रामबहादुर थापा, सुवास नेम्वाङ, शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।