देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपचारका लागि बाबुराम भट्टराई नयाँ दिल्ली जाँदै

देशान्तर

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदैछन् । स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवा निगमको जहाजबाट उनी नयाँ दिल्ली जान लागेका हुन् ।

उनको पेटमा समस्या देखिएको छ । भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरुले गरेका छन् ।

चिकित्सककै सल्लाहमा उनी स्वास्थ्य उपचारका लागि भारत जान लागेका हुन् । उनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।

यसअघि भट्टराईको काठमाडौंको निदान अस्पतालमा उनले उपचार गराएका थिए । भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जाने बताइएको छ ।