काठमाडौँ – नेकपा प्रचण्ड-नेपाल समूहनिकट प्रेस संगठन नेपालको इञ्चार्जमा स्थायी कमिटी सदस्य योगेश भट्टराई चयन भएका छन् । पार्टी विभाजन अघि राजेन्द्र गौतम इञ्चार्ज थिए । उनी अोली समूहमा लागेपछि रिक्त पदमा भट्टराई चयन भएका हुन् ।
संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । महेश्वर दाहाल र ओम शर्मा यस अघिदेखि नै सहइन्चार्ज छन्। यस्तै महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिवमा राजेश राई चयन भएका छन् ।
१९ सदस्यीय केन्द्रीय कार्यालय पनि विस्तार गरिएको छ । केन्द्रीय कार्यालय सदस्यमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।





प्रतिक्रिया