देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनको विरोधमा जसपाद्धारा प्रदर्शन

देशान्तर

काठमाडौं – प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । जसपाले आइतबार सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समिति र जसपा निकट भातृसंगठनहरूले रत्नपार्कमा संयुक्त प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले ‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम खारेज गर’, ‘प्रतिनिधिसभा पुनस्र्थापना गर’ भन्ने नारा लगाएका थिए । जसपाले ५ पुसमा भएको संसद विघटनको निरन्तर विरोध गर्दै आएको छ ।