देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल-नेपाल पक्ष : ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने

देशान्तर

काठमाडौं – ओली पक्ष बहिर्गमनमा परेपछि नेकपा दाहाल-नेपाल पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ । दाहाल-नेपाल पक्षका शीर्ष नेतावीच भएको सहमतिमा दाहाल र माधव नेपालबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हालै हस्ताक्षर गरेका छन् ।

जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ । प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।