देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपालको ‘सेलिब्रेसन’ !

देशान्तर

काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रचण्ड-नेपाल पक्षमा खुशीयाली छाएको छ । नेकपाको प्रचण्ड-नेपाल पक्ष प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलित भएको बेला सर्वोच्चको फैसलापछि खुशीयाली मनाइरहेका छन् ।

यसैबीच अधय्क्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले खुशीयाली साटासाट गरेका छन् । उनीहरुले प्रतिनिधिसभा पुनर्स्थापना भएको खुशीयालीमा एक अर्कालाई मिठाई खुवाएर खुसियाली मनाएका हुन् ।

सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिदै अध्यक्ष नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको टिप्पणी गरेका छन् भने प्रचण्डले आफ्नो सचिवालयमार्फत जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।