प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै छ ।
काठमाडाैं उपत्यकाबाहिर अहिले ८ बजेदेखि विजय जुलुस निस्कने यो समूहको केन्द्रीय संघर्ष समितिले जनाएको छ ।
काठमाडाैंमा भने दिउँसो १२ बजे शान्तिवाटिकामा विजय जुलुस हुने समितिले जनाएको छ ।
शान्तिवाटिकाको जुलुसमा यो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनीहरु अहिले चितवनमा छन् ।





प्रतिक्रिया