देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड र माधव चितवनको सभालाई सम्बोधन नगरी काठमाडौं फर्किए

देशान्तर

काठमाडौ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन्

बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले विरोध सभालाई विजयसभा बनाउने बताएका थिए ।

काठमाडौं पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले प्रचण्ड र नेपाल चितवनको सभालाई सम्वोधन नगरी काठमाडौं फर्किएको नेकपा चितवनले जनाएको छ ।