काठमाडौँ – नेकपाको दाहाल-नेपाल समूहले सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको यो समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरेर ऐतिहासिक फैसला गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले देशलाई अँध्यारो सुरुङ्मा जानबाट सर्वोच्चले रोकेको प्रवक्ता श्रेष्ठले बताए । ‘सर्वोच्चको फैसलाले प्रतिनिधिसभाको पुनःस्थापना मात्रै गरेको छैन, संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ । राजनीतिक संकटको अँध्यारो सुरुङमा जानबाट पनि रोकेको छ । त्यसकारण सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई पार्टीले उच्च मूल्यायंकन गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
प्रतिगामी कदमलाई तत्काल असफल पारिए पनि यसप्रकारको गतिविधिहरुतर्फ सचेत भइरहनु पर्ने आवश्यकतामा पनि पार्टीले जोड दिएको उनले बताए । बैठकमा आगामी दिनमा लोकतान्त्रिक शक्तिहरुसँग हातेमालो गरेर जानेबारे छलफल भएको भन्दै श्रेष्ठले भने, ‘संविधानको प्रभावकारी कार्यान्वय, लोकतान्त्रिक अभ्यासको उन्नता र सुदृढिकरणलाई ध्यान दिँदै सामाजिक न्याय सहितको समृद्धिलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पनि गम्भिर आत्मसमिक्षा गर्दै सबै लोकतान्त्रिक शक्तिहरुसँग हातेमाले गर्नेतर्फ जाने भन्नेछ ।’





प्रतिक्रिया