देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागतमा पोखरामा र्‍याली

देशान्तर

पोखरा – सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना फैसलाको स्वागत गर्दै पोखरामा र्‍याली निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै र्‍याली निकालेको हो ।

पृथ्वीचोकबाट शुरु भएको र्‍याली सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलापछि प्रतिगामी कदम सच्चिएको बताए।