देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्च अदालतको फैसला सामान्य : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसला सामान्य विषय भएको बताएका छन् ।

सर्वोच्चको फैसलापछि बुधबार माटोको डिजिटल नक्शा सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लड्डु खाएर के पाउछन् त्यो हेर्न बाँकी रहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘मेरा केही भाइहरुले लडुड् खाई खाई गरेछन् । खुसी भएर, जित्यौं हामीले भनेर । के पाउछन् त्यो चाही थाहा छैन । मेरो विचारमा भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ की जस्तो लाग्छ ।’

प्रधानमन्त्री ओलीले पदमा रहुन्जेल राम्रो काम गर्नुपर्ने बताउदै घटनाक्रमबाट देश विकासको काममा फरक नपर्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले अहिले धेरै कुरा गरेर मानिसहरुलाई तर्साउन आफुले नचाहेको भन्दै सरकार रहन्छ र यहि सरकार रहने बताए ।