देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाका सांसदहरुले ‘काम बिहिन’ ३ महिनाको तलब एकैचोटी पाउने

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रतिनिधिसभा बैठक नबसेको झन्डै ३ महिनाको तलब भत्ता पाउने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको अवधिमा नपाएको तलब सांसदहरुले अब एक मुख्य रुपमा पाउने भएका हुन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा गरेपछि गत पुस ५ गतेदेखि शून्य अवस्थामा रहेको अवधिको पनि तलब पाउने संसद सचिवालयले जनाएको छ ।


२ सय ६९ सांसदले प्रतिनिधि सभाको शुन्य अवधीको तलब पाउने भएका हुन् । प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये विभिन्न कारणले ६ स्थान खाली छ । उनीहरुले फागुन महिनाको तलब लिँदा पुस र माघको तलब पनि एकैसाथ पाउने छन् । प्रत्येक सांसदले प्रतिमहिना तलब भत्ता गरी ६५ हजार माथिको रकम बुझ्ने गरेका छन् ।

प्रतिनिधिसभाका सांसदहरुको लागि मासिक झन्डै २ करोड रुपैयाँ हाराहारी तलब भत्तामा खर्च हुने गरेको छ ।