देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन गरेन : उपेन्द्र यादव

देशान्तर

इलाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन नगरेको आरोप लगाएका छन् । बिहीबार इलाममा जनता समाजवादी पार्टीले आयोजना गरेको जनसभामा बोल्दै यादववले यस्तो बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार संघीय प्रणाली समाप्त पार्ने षडयन्त्रमा लागे पनि सफल हुन नसकेको भन्दै उनले सयौं वर्षदेखि भइरहेको भेदभावलाई अन्त्य नगरे देशलाई सम्वृद्ध बनाउन नसकिने बताए । कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्य सरदसिंह भण्डारीलगायतले सम्बोधन गरेका थिए।