देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

देशान्तर

काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि गत पुष गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुन: स्थापना गर्दै फागुन २४ गते भित्र बैठक बोलाउन निर्देशात्मक आदेश दिएको थियो ।

सर्वोच्चको फैसलापछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बसेको हो । यसअघि प्रधानमन्त्री ओलीले विहिबार साँझ राष्ट्रपति भण्डारीलाई भेटेर छलफल समेत गरेका थिए ।