काठमाण्डौ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् ।
अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको थियो ।
प्रचण्डले लिखित जवाफ बुझाएर फर्किने उनको निजी सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र पाँच जना पूर्व प्रधानन्यायाधीशहरू विरुद्ध पनि अवहेलनाको मुद्दा लागेको थियो ।
गएको माघ १६ विराटनगरमा भएको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुले मुद्दा दर्ता गरेका हुन् ।
प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्यो उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताएका थिए ।





प्रतिक्रिया