देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पाेखरा जाँदै

देशान्तर

 प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । पोखरामा हुने दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।

पोखरा पुग्ने वितिक्कै उनले गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।

आजै पोखरा सभागृह आयोजना हुने प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पनि उनले सम्बोधन गर्नेछन् । भेलामा गण्डकी प्रदेशका एघार जिल्लाका गाँउदेखि केन्द्रसम्मका पार्टी कार्यकर्ता सहभागी हुने बताइएको छ ।

उनले आजै पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्कने बताइएको छ । हिजो उनी गृह जिल्ला झापामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।