देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली पोखरामा : मुख्यमन्त्री गुरुङले गरे स्वागत

देशान्तर

काठमाडौ , प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा गएका छन् ।

यती एयरलाइन्सको विमानबाट पोखरा गएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रंगशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम समेत छ।