देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने

देशान्तर

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन्।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको उल्लेख छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो पटक हिउँदे अधिवेशन शुरू हुँदैछ। अधिवेशन आह्वान भएसँगै प्रतिनिधि सभाबाट नयाँ सरकार गठनको पहल थालिने सम्भावना छ।