देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओम समाज डेन्टल हस्पिटलको सेवा हेल्पिंङ हेन्ड सामुदायिक अस्पतालमा विस्तार

देशान्तर

काठमाडौं । ओम समाज डेन्टल हस्पिटलले चाबहिल स्थित हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ।

उक्त सेबा को उद्घाटन हेल्पिंग हेन्ड सामुदायिक अस्पतालका अधक्ष्य डा. गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटल का अधक्ष्य डाा. सुबाश घिमिरेले गरे ।

उक्त उद्घाटन समारोहमा काठमान्डू महानगर पालिका वडा न ७ का वडा सदस्य श्रीकृष्णमणि भट्टराई, ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर के.सी., सल्लाहकार मोहन पोख्रेल लगाएत हेल्पिंग हेन्ड अस्पतालका बिसिस्ट कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै डा. घिमिरेले ओम समाज डेन्टल हस्पिटल जसको दाँत सबल उसको जीवन सफल भन्ने एक रास्ट्रीय नाराका साथ् अघि बढिरहेको बताउदै कोहि पनि कुनै कारणले पनि उपचारबाट बन्चित हुन् नपरोस सबैको लागि उपचार सहज, सुलभ होस् भन्ने उदेस्यले यस सामुदायिक अस्पतालमा आफ्नो सेबा बिस्तार गरेको जानकारी गराए ।

अधक्ष्य डा. श्रेष्ठले हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा अब जुनसुकै (बिभाग) रोगका बिरामीको उपचार सम्भब भएकोमा खुशी व्यक्त गरे ।

हाल उक्त बिस्तारित शाखामा उपचारका लागि डा. शोभा योंग हांग, डा. रिमिशा भट्टराई रहेका छन् । यहि चैत्र ७ गते सम्म बिश्व मुख स्वास्थ दिबसको उपलक्ष्यमा निस्सुल्क चेक जाच तथा छुट को ब्यबस्था गरिएको अस्पताल प्रसासनले जानकारी दिएको छ ।