देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दै

देशान्तर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

सचिवालयको निर्णय अनुसार केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बताइएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि नेकपाको दुवै समूह दौडधुपमा छ ।

सरकार गठनका लागि उनीहरुले आ आफ्नै रणनीति बनाउन थालेका छन् । प्रचण्ड नेपाल समूह नेपाली कांग्रेससित मिलेर सरकार गठन गर्न चाहन्छ । कांग्रेस के गर्ने भन्ने टुंगोमा पुग्न सकेको छैन ।

नेकपा औपचारिक रुपमा विभिजित नहुँदासम्म उसले निर्णय नगर्ने अडान लिँदै आएको छ । यही फागुन २३ गते संसद बैठक आह्वान गरिएको छ । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले रणनीति बनाउने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएपछि उनलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारी भइरहेको छ ।