देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस पदाधिकारी बैठक बस्दै

देशान्तर

नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे बूढानीलकण्ठस्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बाेलाएका हुन् ।

हिजो चितवन पुगेर सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट पछि नहट्ने अभिव्यक्ति दिएका थिए । यसैगरी कांग्रेसकाे संसदीय दलकाे बैठक भने शुक्रबार बस्ने छ ।