देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड – नेपालको निर्वाचन आयोग जाने कार्यक्रम आज रोकियो

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रचण्ड–माधव समूह पार्टी आधिकारिकता दाबी गर्नका लागि पुनः निर्वाचन आयोग नजाने भएको छ।

दिउँसो दुई बजे अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जान लागेको थियो।

आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए। नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छु उनले लेखेका छन्।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा आधिकारिकता दाबी गर्न केन्द्रीय सदस्यको नागरिकतासहित हस्ताक्षर संकलन गरिएको थियो।

यसअघि पनि यो समूहले आयोगमै पुगेर आधिकारिकता दाबी गरेको थियो। तर, आयोगले आफ्नो निर्णय दिन नसक्दा यो समूह असन्तुष्ट रहेको छ।