देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्तामा जाँदा कांग्रेसलाई दीर्घकालीन रुपमा घाटा हुन्छ : पौडेल

देशान्तर

नवलपरासी – दुईरचार महिनाका लागि सत्तामा रमाउँदा कांग्रेसलाई घाटा हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । जनादेश कांग्रेसलाई प्रतिपक्षमा रहने भन्ने नै छ । अहिले सत्तामा गएर रमाउँदा दीर्घकालीन रुपमा पार्टीलाई घाटा हुन्छ ।

अर्को निर्वाचनलाई ध्यान दिएर कांग्रेसले सोच्न पर्छ, नेपाली कांग्रेस पूर्वी नवलपरासीद्वारा कावासोतीमा बिहीबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै पौडेलले भने, मिलिजुली सरकारमा गएर जनताको पक्षमा कति परिणाममुखी काम गर्न सकिन्छ भनेर सोच्ने बेला हो ।

कांग्रेस सत्तामा नगएर अब बन्ने सरकारले जनताका पक्षमा यो यो काम गर भनेर कम्युनिष्टसँग सहमति गरेर उनीहरुलाई सरकार चलाउन दिँदा पार्टीलाई फाइदा हुन्छु, पौडेलले भने, अहिलेको सरकारले सरकारी कर्मचारीतन्त्र तलदेखि माथिसम्म एकलौटी बनाएर बिगारेको छ, यस्तो बेलामा सरकारमा गएर जनताको पक्षमा परिणाम दिन सकिँदैन ।

पौडेलले पार्टी सभापति शेरबहादुर देउवा तर्फ इंगित गर्दै अगाडि भने, प्रधानमन्त्री हुनैका लागि जाने र झन्डा हल्लाएर रमाउने हो भने अर्को कुरा हो । नत्र जनताको पक्षमा कति काम गर्न सकिन्छ भनेर सोच्ने उपयुक्त बेला यही हो ।