काठमाडौँ । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । विहिबार सांझा बसेको मन्त्रिपरिषद बैठकले विप्लव समुहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दै सहमति कार्यान्यन गर्ने निर्णय गरेको एक मन्त्रीले खरीबोटलाई बताए । उनले सहमति शुक्रबारबाटै कार्यान्वयनमा आउने बताए ।
गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बनाएको वार्ता टोली बोलाएर सरकारले बुधबार र विहिबार वार्ता गर्दै तीन बुँदे सहमति गरेको थियो । सहमतिमा विप्लव समुहमाथिको प्रतिबन्ध फुकुवा गर्ने, हिरासतमा रहेका विप्लव समुहका नेताहरुलाई रिहा गर्ने र विप्लव समुह शान्तिपूर्ण राजनीतिका लागि प्रतिबद्द हुने रहेका छन् ।
विप्लव समुहबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ ले वार्ता गरेका थिए । सहमतिको औपचारिक घोषणा शुक्रबार विशेष समारोह गरेर गरिदै छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने भएका छन् ।





प्रतिक्रिया