देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

नवलपरासीबाट काठमाडौं आएका विप्लव सोझै बालुवाटार पुगको स्रोतले जनाएको छ। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओली र विप्लवबीच भावी राजनीतिक रणनीतिबारे छलफल हुने छ। सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो।

उक्त सहमतिबारे विस्तृत विवरण आज दिउँसो सार्वजनिक गर्ने तयारी छ।