देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले निर्वाचनको नेतृत्व गर्नुपर्छ : शेखर कोइराला

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी कांग्रेस अगाडि बढ्नुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ दल नेकपा हालसम्म विभाजित नभएको भन्दै नेकपा विभाजित नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्नेतर्फ सचेत गराए ।

‘‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभई कुनै पनि कदम चाल्दाखेरी त्यसले भोलि अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ कि भन्ने मलाई चिन्ता छ । त्यो नहोस् । मेरो चाहना के हो भने दुई वर्षपछि त निर्वाचन हुने नै छ । नेपाली कांग्रेसको नेतृत्वमा त्यो निर्वाचन हुनसक्यो भने त्यो हिसाबले सोचेर अगाडि बढेमा पक्कै पनि नेपाली कांग्रेसको भविष्य छ,’’ उनले भने ।

नेता कोइरालाले नेपाली कांग्रेसका भातृसंगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताए । पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उनले युवाहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।