देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

देशान्तर

काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेको जानकारी गराएका छन् । सरकारले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेसँगै पहिलो बैठकमै विपक्षी नेकपाले बैठक बहिस्कार गरेको थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण बैठकमै कांग्रेस र जसपाले नाराबाजी गरेका थिए । नाराबाजीकै कारण १० मिनेटका लागि स्थगित गरिएको बैठक सूचनामार्फत् बुधबारसम्मका लागि स्थगित भएको जानकारी गराइएको हो ।

संविधानको मर्मविपरीत ल्याएको संवैधानिक परिसद्सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे प्रतिनिधि सभा बैठकमा नाराबाजी भएको थियो ।